निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ

  • मङगलबार २६ साउन २०८३ ०२:०९ PM
काठमाडौं । प्रहरीले अनधिकृत तबरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ बस्ने रौतहट चन्द्रपुर नगरपालिका–२ घर भएका २९ वर्षीय दीपेन्द्र कर्माचार्य रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।