शिक्षा, स्वास्थ्य र कृषिमा भारतको अनुदान : नेपालमा ८० करोड बढीका ८ नयाँ परियोजना

  • मङगलबार २६ साउन २०८३ ०१:४७ PM
काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने भएका छन् । परियोजनाको कार्यान्वयनका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच आज समझदारी पत्रमा हस्ताक्षर