भारत सरकारको अनुदानमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका ८ परियोजनामा समझदारी

  • मङगलबार २६ साउन २०८३ ०१:४८ PM
भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने भएका छन्। यी परियोजना कार्यान्वयनका लागि मंगलबार नेपाल सरकार, भारतीय अधिकारीहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। कुल अनुमानित ८० करोड ३० लाख रुपैयाँ लागतमा सञ्चालन हुने परियोजनाहरू नेपाल सरकारका स्थानीय तह तथा सम्बन्धित सरकारी निकायमार्फत कार्यान्वयन