कक्षा १ देखि ५ सम्म अब आन्तरिक र त्रैमासिक परीक्षा नलिन निर्देशन

  • मङगलबार २६ साउन २०८३ १२:४४ PM
काठमाडौं । देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीको आन्तरिक तथा त्रैमासिक परीक्षा सञ्चालन नगर्न निर्देशन दिइएको छ। सरकारको पछिल्लो निर्णय कार्यान्वयन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूले सम्बन्धित विद्यालयहरूलाई कक्षा ५ सम्मको परम्परागत परीक्षा प्रणाली अन्त्य गर्न निर्देशन दिएका हुन्। बालबालिकामा परीक्षाका कारण उत्पन्न हुने मानसिक तथा मनोवैज्ञानिक दबाब कम गर्दै सिकाइलाई थप प्रभावकारी र बालमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न लागिएको जनाइएको छ। मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’को बुँदा नम्बर ८९ अनुसार आगामी शैक्षिक सत्रदेखि आधारभूत ... The post कक्षा १ देखि ५ सम्म अब आन्तरिक र त्रैमासिक परीक्षा नलिन निर्देशन appeared first on Kalika Khabar.