काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन ई–मास ५ नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा आकर्षणको केन्द्र बनेको छ। अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा हल ‘बी’स्थित स्टल ‘एल–६’ मा ई–मास ५ अवलोकन तथा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। सार्वजनिक भएदेखि नै यस मोडलमा उल्लेख्य बुकिङ भइरहेको र एक्स्पोमा समेत ग्राहक तथा अटो पारखीको चासो बढेको कम्पनीको दाबी छ। रियर–ह्विल ड्राइभ प्लेटफर्म प्रोटोन ई–मास ५ आफ्नो सेग्मेन्टमै पहिलोपटक रियर–ह्विल ड्राइभ ... The post नाइमा एक्स्पोमा प्रोटोन ई–मास ५ आकर्षणको केन्द्र, मूल्य ३२.९९ लाखदेखि appeared first on Kalika Khabar.