राजकीय सम्मानकासहित डा. विमलको अन्तेष्टि

  • मङगलबार २६ साउन २०८३ ०७:०० PM
जनकपुरधाम : राजकीय सम्मानसहित वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको अन्त्येष्टि गरिएको छ। जनकपुरधाम स्थित स्वर्गद्वारीमा डा. विमलको अन्त्येष्टि गरिएको हो। सोमबार राति स्वास्थ्यमा समस्या देखिएपछि साढे ११ बजे उनलाई अस्पताल भर्ना गरिएकोमा गए राति करिब पौने एक बजे मृत्यु भएको थियो।वरिष्ठ साहित्यकार विमलको अन्त्येष्टिमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश), मधेश प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्र लाभ कर्ण, सभामुख रामअशिष यादव, श्रम तथा यातायात मन्त्री शा