कांग्रेसको निष्कर्ष- सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ

  • मङगलबार २६ साउन २०८३ ०७:०० PM
काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा भएको घटनाको छानबिनका लागि तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको छ।पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उक्त घटनाको छानबिनका लागि गठन भएको सरकारी संयन्त्रले कमजोरी लुकाउने काम गर्ने संशय व्यक्त गर्दै तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको हो।बैठकले उक्त घटनामा पीडित परिवारसँग भएको सम्झौताअनुसार ४ जनालाई शहीद घोषणा गर्नबाहेक अन्य कुनै विषय कार्यान्वयन नभएकाले सम्झौताहरूको अविलम्