काठमाण्डु – नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग जोडदार माग गरेको छ । साउन २४ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकपछि मंगलबार जारी विज्ञप्तिमा कांग्रेसले घटनालाई राष्ट्रमा आएको साझा संकटका रूपमा लिएर शान्ति र सद्भाव कायम गर्न भूमिका खेलेको उल्लेख गर्दै सरकारी संयन्त्रबाट बनेको छानबिन समितिले सरकारका