स्रोत शिक्षकसँग शिक्षा विभागको कार्य सम्पादन करार : गुणस्तरीय शैक्षिक अपेक्षित नतिजा

  • मङगलबार २६ साउन २०८३ ११:३८ AM
काठमाडौँ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवहारिक र प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ‘स्रोत शिक्षक’हरुसँग कार्य सम्पादन करार सम्झौता गरेको छ । सम्झौता पत्रमा विभागका प्रमुख नमराज ढकाल र स्रोत शिक्षकहरुले हस्ताक्षर गर्नुभएको छ । ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ र शिक्षा तथा स्वास्थ्य समितिले साउन २२ गते गरेको निर्णयका आधारमा सम्झौता गरिएको हो ।  स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्र भित्रका विद्यालयहरूको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ । महानगरको शैक्षिक नीति र कार्यक्रमहरूलाई विद्यालय स्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकहरूको पेशागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने दायित्व स्रोत शिक्षकलाई प्रदान गरिएको छ । स्रोत शिक्षकले आफ्नो पदाधिकार रहेको विद्यालयमा अनिवार्य रूपमा दैनिक न्यूनतम एक घण्टी कक्षा लिनुपर्नेछ । विद्यालय समयमा इहाजिरी मार्फत उपस्थिति जनाउनुपर्नेछ । स्रोत शिक्षकले तालिम लगायत कार्यक्रममा सहभागी भएर कक्षा लिन नसक्ने भएमा महानगरपालिकाले सट्टा शिक्षकको व्यवस्था गर्नेछ ।  यो सम्झौता २०८४ असार मसान्तसम्मका लागि हो । विभागीय प्रमुख ढकालका अनुसार स्रोत शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई करारमा उल्लिखित लक्ष्य प्राप्ति र सूचकहरूको प्रगतिका आधारमा आबद्ध गरिनेछ ।  ‘सामुदायिक शिक्षाको गुणस्तरलाई प्रतिस्पर्धी बनाउन योजनावद्ध शिक्षण सिकाइ र बालमैत्री वातावरण बनाउनु पर्छ । हामीलाई यो लक्ष्यमा रोकिने र मोडिने छुट छैन ।’ विभागीय प्रमुख ढकालले स्रोत शिक्षकसँग अपेक्षा राख्नुभयो ।  समग्र शैक्षिक नतिजामा सुधार सम्झौताको लक्ष्य हो ।  स्रोत केन्द्र र स्रोत शिक्षक  काठमाडौँ महानगरपालिका अन्तर्गत साविकमा भएका ११ वटा स्रोत केन्द्रलाई अहिले ९ वटामा कायम गरिएको छ । शान्ति निकुञ्ज मा