काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को अवसर पारेर नयाँ विद्युतीय एसयूभी ‘लिपमोटर बीओ-थ्री-एक्स’ (Leapmotor B03X) नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले एक्स्पोको मञ्चबाट गाडी सार्वजनिक गर्दै बुकिङसमेत खुला गरेको हो। ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ अर्थात् सहरी आवागमनलाई थप स्मार्ट बनाउने अवधारणामा आधारित बीओ-थ्री-एक्सलाई नेपाली बजारमा आधुनिक प्रविधि, लामो रेन्ज र व्यावहारिक डिजाइनको संयोजनका रूपमा प्रस्तुत गरिएको छ। ५०५ किलोमिटरसम्मको रेन्ज लिपमोटर बीओ-थ्री-एक्समा १४५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ५०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ। नेपाली ... The post ५०५ किलोमिटर रेन्जसहित ‘लिपमोटर बीओ-थ्री-एक्स’ नेपालमा सार्वजनिक, पहिलो १०० ग्राहकलाई ४४.९९ लाख appeared first on Kalika Khabar.