शेखर गोल्छालाई एक करोड धरौटीमा छोड्न आदेश

  • मङगलबार २६ साउन २०८३ ०६:०१ PM
काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग गरेको छ।विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले व्यवसायी गोल्छासँग एक करोड धरौटीमा छोड्न आदेश दिएको हो।अदालतले थुनछेक बहसमा उनीसँग धरौटी माग गरेको हो। धितोपत्रसम्बन्धी कसूर गरेको उनीमाथि आरोप छ। सम्पत्ति शुद्धीकरण विभागले गोल्छाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँँ बिगो माग गरेर मुद्दा दायर गरेको थियो।