रौतहटको लालबकैया नदीमा डुबेर तीन बालबालिका बेपत्ता

  • मङगलबार २६ साउन २०८३ ०६:०१ PM
सिमराः  रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर तीन जना बालबालिका बेपत्ता भएका छन्। मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउन गएका बालबालिका पानीमा डुबेर बेपत्ता भएका हुन्।बेपत्ता हनेमा देवाही गोनाही नगरपालिका–२ का शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्ला, शेख खुरसेदका १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरका १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।डुबेर बेपत्ता भएका बालबालिकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक