विशेष अदालतले व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग एक करोड रुपैयाँ वा सो बराबरको जायजेथा धरौटी माग गरेको छ। विशेषले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गोल्छालाई एक करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानतमा रिहा गर्न आदेश दिएको हो। विशेषका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले