काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर र काठमाडौंका विभिन्न खाद्य व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा केही व्यवसायमा सरसफाइ तथा व्यवस्थापनमा सुधार गर्न निर्देशन दिएको छ भने केही खाद्य पदार्थको नमुना थप अनुसन्धानका लागि संकलन गरेको छ। विभागका अनुसार २०८३ साल साउन २५ गते भक्तपुरका तीनवटा डेरी उद्योगमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा शिवम डेरी प्रा.लि., भक्तपुर–२ मा सरसफाइ सामान्य र व्यक्तिगत सरसफाइ सन्तोषजनक पाइए पनि प्रशोधन कक्षमा उपयुक्त पर्दा नराखिएको तथा भण्डारण कक्षमा स्किम मिल्क पाउडर ... The post खाद्य विभागको अनुगमन : भक्तपुर र काठमाडौंका ६ खाद्य व्यवसायलाई निर्देशन, नमुना संकलन appeared first on Kalika Khabar.