को हुन् मोहम्मद बाकेर खराजी ? जो खामेनीको पनि सुन्दैनन् कुरा

  • मङगलबार २६ साउन २०८३ ०५:०१ PM
इरान : इरानमा सत्ताको वरिपरि सधैँ यस्ता मानिसहरूको उपस्थिति रहँदै आएको छ, जसलाई ‘सत्ताको भित्री घेराका लागि समस्या सिर्जना गर्ने तत्व’ भन्न सकिन्छ । यी मानिसहरू न त कुनै सरकारी पदमा हुन्छन्, न त उनीहरूको कुनै औपचारिक हैसियत नै हुन्छ ।तर सत्ताको केन्द्रसँग उनीहरूको निकटता यति हुन्छ कि उनीहरूका कुरा पूर्ण रूपमा बेवास्ता गर्न सम्भव हुँदैन । पारिवारिक सम्बन्ध, धार्मिक हैसियत वा कुनै तुलनात्मक रूपमा सानो संगठनसँगको आबद्धताले यस्ता मानिसहरूलाई पर्दा पछाडि हुने निर्णयबारे जानकारी सार्व