भैरहवा : एलपी ग्यास उद्योगहरूबाट बजारमा प्रयाप्त मात्रामा ग्यास आपूर्ति हुँदा समेत अभाव देखिएपछि नेपाल आयल निगमको समन्वयमा रुपन्देहीमा ग्यासको खुद्रा विक्री वितरण थालिएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरूको बैठकले आयल निगमको समन्वयमा भैरहवा र बुटवलमा वितरण गर्ने निर्णय गरेको थियो । जसअनुसार,मंगलबारदेखि भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेड (लुम्बिनी गेट नजिक) र बुटवलमा हाटबजार लाइन बाल मन्दिरको परिसरमा ग्यासको वितरण थालिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक