नेप्सेमा माउन्ट एभरेष्ट पावरको शेयर सूचीकृत, बुधबारबाट MEPDL सिम्बलमा कारोबार

  • मङगलबार २६ साउन २०८३ १०:४५ AM
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर सूचीकृत भएको छ। आज मंगलबार कम्पनीको ८६ लाख कित्ता शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएपछि बुधबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३००  रुपैयाँसम्मको रेन्ज तोकेको छ। The post नेप्सेमा माउन्ट एभरेष्ट पावरको शेयर सूचीकृत, बुधबारबाट MEPDL सिम्बलमा कारोबार appeared first on Businesspana.