काठमाडौं : अधिवक्ता अनिलबहादुर शाहीले अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारप्रति ध्यनाकर्षण भएको जनाएका छन्। गत साउन ९ गते प्रकाशित ‘कालोकोट लगाएर ठगीको धन्दा चलाउँदै अधिवक्ता शाही’ शीर्षक समाचारप्रति उनले ध्यानाकर्षण भएको जनाएका हुन्।समाचारमा प्रकाशित विषयवस्तु तथ्यहीन भएको र आफूलाई गलत रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ। ‘धरौटीका नाममा रकम लिएर ठगी गरेको’ भन्ने आशय कानुनी तथा तथ्यगत रूपमा नमिल्ने उनले बताए।अधिवक्ता शाहीका अनुसार कानुनी दृष्टिले अदालतले आदेश जारी नगरेसम्म कु