काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमृता विकले प्रतिनिधिसभामा व्यक्तिको पहिरन र चश्मामा बहस नगर्न आग्रह गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बहस नीति र जनजीविकाका विषयमा केन्द्रित हुनुपर्ने बताइन् ।संसद्मा व्यक्तिको पहिरन, चस्मा वा बोलीमा भएका सामान्य त्रुटिलाई राजनीतिक बहसको विषय बनाउने प्रवृत्तिप्रति उनको असन्तुष्टि थियो । विकले प्रतिपक्षको जिम्मेवारी सरकारको विरोध