काठमाडौं । महिन्द्राले नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी ‘एक्सइभी नाइन एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिन मंगलबार यो गाडी नेपालमा सार्वजनिक गरिएको हो । कम्पनीले यसको सुरुवाती मूल्य ६० लाख रुपैयाँ तोकेको छ । एक्सइभी नाइन एसमा ५९, ७० र ७९ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प छन् ।