काठमाण्डु– देशभर खाना पकाउने ग्यासको अभाव देखिएका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद् गोपाल शर्माले सरकारले तत्काल वैकल्पिक व्यवस्थातर्फ ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले ग्यास अभावका कारण सर्वसाधारण समस्यामा परिरहेको उल्लेख गर्दै विद्युतीय चुलोलगायतका विकल्पलाई सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाव दिए । उनले ग्यास अभावजस्तो जनजीविकासँग प्रत्यक्ष जोडिएको समस्या देखिँदासमेत प्रधानमन्त्री