सरकारप्रति हर्कको ब्यंग्यः मन्त्रीहरू एसीमा, जनता लाइनमा

  • मङगलबार २६ साउन २०८३ ०८:३८ AM
काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको प्राथमिकता जनताको वास्तविक समस्याभन्दा सत्ता सञ्चालन र औपचारिकतामा केन्द्रित भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले जनताले आधारभूत सेवा लिनसमेत संघर्ष गरिरहेको अवस्थामा सरकारका मन्त्रीहरू भने सुविधासम्पन्न कार्यालय र एसी जडित गाडीमा सीमित भएको टिप्पणी गरे । राईले खाना पकाउने ग्यासको अभाव, न्यायका लागि सडकमा