काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पैसा भएर पनि बजारमा खाना पकाउने ग्यास नपाउने अवस्थामाथि सरकारसँग प्रश्न गरेकी छन् । उनले पहुँच हुनेहरूले सहजै ग्यास पाउने तर सर्वसाधारण खाली सिलिन्डर बोकेर भौंतारिनुपर्ने अवस्थाप्रति प्रतिनिधिसभामा प्रश्न उठाइन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले ग्यास अभावको विषयलाई कवितामार्फत उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन्