काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुस लिएको आरोपमा दुई कर्मचारीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैठौँ) डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं