काठमाडौं । जापान पठाइदिन्छु भन्दै २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सोमबार बुटवलबाट एक युवकलाई पक्राउ गरेको छ । ११५ जनाबाट रकम उठाएर जापान नपठाएको भन्दै उजुरी परेपछि ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चांगाथली बस्ने २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन् । उनलाई वैदेशिक रोजगार विभागबाट