नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ मागेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मन्डलले कृषि मन्त्रीले मल पर्याप्त रहेको दाबी गरे पनि किसानले मल नपाएको बताए । ‘किसानलाई मलको अभाव छ तर हाम्रो कृषि मन्त्री भन्नु हुन्छ मल पर्याप्त छ तर मल कहाँ छ, उनले भने,