आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

  • मङगलबार २६ साउन २०८३ ०१:१५ PM
काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य  तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी  रु एक सय १० ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार नौ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार सात सय ८० कायम भएको छ ।  हिजो सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार पाँच सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार छ सय ७० कायम थियो ।