सभामुखले भेटे प्रधानमन्त्री बालेन

  • मङगलबार २६ साउन २०८३ ०८:०१ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री बालेनसँग भेटका लागि सभामुख अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । प्रधानमन्त्रीको जवाफ माग गर्दै संसदमा प्रतिपक्षी दलहरूले निरन्तर विरोध जारी राखेका बेला सभामुखले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटवार्तामा जारी बर्खे अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने, संसद्मा आवश्यक बिजनेस दिने तथा सदनको अवरोध अन्त्य गर्ने उपायबारे छलफल भएको पनि सचिवालयले जनाएको छ। गत जेठ १७ गते प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको भूभाग मिचेको उल्लेख गर्दै अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरूले विरोध गर्दै आएका छन्। विपक्षीले अभिव्यक्तिको स्पष्ट ... The post सभामुखले भेटे प्रधानमन्त्री बालेन appeared first on Kalika Khabar.