काठमाडौं : ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु एक्स्पोमा करिव ५५ भन्दा बढि ब्रान्ड सहभागी भएका छन्। एक्स्पोमार्फत ४० वटा नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक गर्ने तयारी आयोजकको छ। दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको एक्स्पोमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड