प्रधानमन्त्री बाले जिद्दी स्वभावको हुनुहुन्छ : सांसद मण्डल

  • मङगलबार २६ साउन २०८३ ०२:०१ PM
काठमाडौं : प्रतिनिधिसभाका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाह जिद्दी स्वभावको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनेमा आफूलाई विश्वास नभएको बताएका छन् ।उनले सभामुख संसदको अभिभावक भएको बताउँदै प्रधानमन्त्रीसँग बैठक बसेर सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गर्न माग गरेका छन् ।