काठमाण्डु– नेपाली कांग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् । उनले सभामुखले पटक–पटक संसदमा उपस्थित हुन आग्रह गर्दासमेत प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप लगाए ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले प्रधानमन्त्री संसदमा उपस्थित नहुँदा सत्तापक्षका सांसदसमेत असहज अवस्थामा परेको टिप्पणी गरे ।‘सत्तापक्षका माननीय सांसदज्यूलाई गाह्रो भएको छ