गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन

  • मङगलबार २६ साउन २०८३ ०७:५५ AM
बागमती । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज बागमती प्रदेशको राजधानी हेटौंडा आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गरेका छन् । उनी बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको औपचारिक निमन्त्रणमा हेटौंडा आएका हुन् । प्रदेश प्रमुख भट्टलाई बागमती प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको राजधानीस्थित हेटौँडा सहिद स्मारक, भैरवडाँडास्थित पाथीभरा मन्दिर, मकवानपुरगढीस्थित ऐतिहासिक मकवानपुरगढी दरबारलगायतका क्षेत्रको स्थलगत अवलोकन गराएका