काठमाडौँ । नेकपा (एमाले) का सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र साहका विवादित अभिव्यक्तिहरू संसदको अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसँग माग गरेका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मण्डलले यस्तो आग्रह गरेका हुन् । सम्बोधनका क्रममा सांसद मण्डलले सभामुखलाई संसदको अभिभावकको संज्ञा दिँदै प्रधानमन्त्रीसँग संवाद गरी आफ्ना भनाइहरू फिर्ता लिन लगाउन