काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड चेरीले नेपाली बजारमा आफ्नो नयाँ मोडल चेरी क्यू सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत चेरी क्यूलाई सार्वजनिक गरेको हो । क्रसओभर डिजाइनमा तयार गरिएको चेरी क्यू प्रिमियम ह्याचब्याक सेग्मेन्टलाई लक्षित गरेर ल्याइएको कम्पनीले जनाएको