सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटल प्रणालीमा जाने सरकारको तयारी

  • मङगलबार २६ साउन २०८३ ०७:३० AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी स्रेस्ताका विषयमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनेतर्फ सरकार अघि बढेको बताएका हुन्