रोहितलाई धन्यवाद दिँदै सन्दीपले भने- ‘तिम्रो योगदानको सधैँ कदर हुनेछ’

  • मङगलबार २६ साउन २०८३ ०७:३२ AM
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेललाई धन्यवाद दिएका छन् । कप्तान नियुक्त भएपछि सामाजिक सञ्जाल फेसबुकमा पहिलो पोस्ट गर्दै सन्दीपले रोहितले टोलीका लागि गरेको योगदानको प्रशंसा गरेका हुन् । सन्दीपले रोहितलाई सम्बोधन गर्दै टोलीलाई विभिन्न परिस्थितिमा नेतृत्व गरेकोमा धन्यवाद दिएका छन् । उनले रोहितको टोलीप्रतिको योगदान, प्रतिबद्धता र