प्रक्षेपणको ८५ सेकेन्डमै विस्फोट भयो चिनियाँ रकेट

  • मङगलबार २६ साउन २०८३ ०६:३३ AM
बेइजिङ । चीनले अन्तरिक्षमा उपग्रह पठाउन प्रक्षेपण गरेको लङ मार्च–७ए रकेट विस्फोट भएको छ । सोमबार चीनको अन्तरिक्ष कार्यक्रमका लागि नियमित रूपमा प्रयोग हुँदै आएको रकेट प्रक्षेपण असफल भएको थियो । यसलाई हुनु तुलनात्मक रूपमा दुर्लभ घटना मानिएको छ । चीनको हाइनान प्रान्तस्थित वेन्चाङ स्पेसक्राफ्ट लन्च साइटबाट सोमबार राति करिब ८ बजे प्रक्षेपण गरिएको रकेट केही समयपछि आकाशमै टुक्रिँदै ठूलो आगोको गोलामा परिणत भएको भिडियोहरूमा देखिएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले प्रक्षेपणको करिब तीन घण्टापछि घटनाको पुष्टि गर्दै उडानका क्रममा रकेटमा असामान्यता देखिएको जनाएको छ । घटनाको वास्तविक कारणबारे अनुसन्धान ... The post प्रक्षेपणको ८५ सेकेन्डमै विस्फोट भयो चिनियाँ रकेट appeared first on Kalika Khabar.