काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य ६ हजार ४ सय र चाँदी १ सय १० रुपैयाँले बढेको हो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय कायम भएको छ। महासंघका अनुसार त्यति नै परिमाणको चाँदी ४ हजार ७ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार छ सय ७० कायम भएको थियो।