इरान : इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको कार्यालयले महत्वपूर्ण पदहरूमा नयाँ नियुक्तिहरूको घोषणा गरेको छ । यसअन्तर्गत लामो समय युद्ध कमान्डरका रूपमा काम गरेका र राजनीतिमा पनि प्रभावशाली व्यक्ति मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा निकायको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का १६ वर्षसम्म कमान्डर–इन–चीफ रहेका रेजाईलाई आइतबार सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) को सचिव तथा खामेनीका तर्फबाट उक्त उच्चस्तरीय निर्णय गर्ने निकायमा प