एनएमबि बैंकको अगुवाइमा दुधखोला जलविद्युत आयोजनाको लगानी जुट्यो

  • मङगलबार २६ साउन २०८३ ०६:२० AM
काठमाडाैं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। बैंक आयोजनाको मुख्य लगानीकर्ता तथा अगुवा बैंकका रूपमा रहेको छ। मनाङ जिल्लामा निर्माण भइरहेको उक्त आयोजना दुधखोला हाइड्रो पावर कम्पनी प्रालिले प्रवर्द्धन गरेको हो। कम्पनीका प्रमुख लगानीकर्तामा माउन्टेन इनर्जी नेपाल लिमिटेड तथा सीताराम तिमिल्सिना नेतृत्वको समूह