ट्राफिक प्रहरीका लागि लक्ष्मी सन्राइजको वित्तीय साक्षरता कार्यक्रम

  • मङगलबार २६ साउन २०८३ ०६:३६ AM
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सन्राइज क्यापिटल र लक्ष्मी सन्राइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ्ग सुरक्षा र चुनौती सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा, अहोरात्र खटिने ट्राफिक प्रहरीको दीर्घकालीन आर्थिक सुरक्षाका लागि धितोपत्र बजारका संयन्त्रहरू, लगानी गर्ने तरिका, फाइदाहरू, चुनौतीहरू लगायत सुरक्षित