एजेन्सी । सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा असफल भएको छ । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा ‘विसङ्गति’ देखिएपछि प्रक्षेपण असफल भएको हो । प्रत्यक्षदर्शीले खिचेको भिडियोमा रकेट आकाशमै विस्फोट भएको देखिएको छ । चीनको दक्षिणी प्रान्त हाइनानस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट सोमबार स्थानीय समयअनुसार राति ८ः०२ बजे रकेट