काठमाडौँ । नेपाली राष्ट्रिय टी–२० टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले पूर्वकप्तान रोहितकुमार पौडेललाई भावुक सन्देश दिएका छन् । रोहित एकदिवसीय टोलीको कप्तानीबाट हटेपछि दीपेन्द्रले सामाजिक सञ्जालमार्फत उनको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएका हुन् । दीपेन्द्रले सन् २०२२ नोभेम्बर १ देखि २०२६ अगस्ट १० सम्म रोहितले नेपाली क्रिकेटका लागि आफ्नो मन, लगाव र सर्वस्व अर्पण गरेको बताएका