देउवालाई विमानस्थलमा भव्य स्वागत गर्ने तयारी, ५ हजार नेता कार्यकर्ताले स्कर्टिङ गर्ने

  • मङगलबार २६ साउन २०८३ ०६:१३ AM
काठमाडौं । यही साउन २८ गते स्वदेश फर्किन लागेका काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई विमानस्थलमा भव्य स्वागतको तयारी गरिएको छ । संस्थापन इतर पक्षले देउवालाई त्रिभुवन विमानस्थलमै भव्य स्वागतको तयारी गरेको हो । विमानस्थलमा स्वागतपछि ५ हजार नेता कार्यकर्ताले उनलाई स्कर्टिङ गरेर धुम्बाराहीस्थित निवासमा पुर्‍याउने तयारी रहेको छ । जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । The post देउवालाई विमानस्थलमा भव्य स्वागत गर्ने तयारी, ५ हजार नेता कार्यकर्ताले स्कर्टिङ गर्ने appeared first on Kalika Khabar.