काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ११.२७ अंकले घटेर २६२९.७८ विन्दुमा अडिएको छ।प्रि ओपन सेसनमा ६८ वटा स्क्रिप्सको ४ हजार ९९५ कित्ता सेयर ३४ लाख ७६ हजार ५४८ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये १४ वटा स्टक्सको मूल्य बढ्दा ४९ वटाको घट्यो। बाँकी ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।