होर्मुजबारे वार्ता जारी रहँदा ट्रम्पले इरानसँग मागे ५० वर्षको क्षतिपूर्ति

  • मङगलबार २६ साउन २०८३ १२:०१ PM
अमेरिका : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्ति माग गरेका छन् । तेहरानले अमेरिकाबाट युद्ध क्षतिपूर्ति प्राप्त भएपछि मात्रै होर्मुज जलडमरूमध्य पुनः खोल्ने शर्त राखेपछि ट्रम्पले इरानबाटै क्षतिपूर्ति माग गरेका हुन् ।सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले विगत ५० वर्षमा पुर्‍याएको क्षतिको क्षतिपूर्ति अमेरिकाले माग्ने बताएका छन् । उनले तेहरानको मागको जवाफस्वरूप आफूहरूले यस्तो कदम चाल्ने संकेत दिएका हुन् । इरानले अमेरिकाले युद्ध क्षतिपूर्ति दिनुपर्ने