जीडीपीमा मोबिलिटी क्षेत्रको योगदान ७ प्रतिशत, १२ लाखभन्दा बढीलाई रोजगारी

  • मङगलबार २६ साउन २०८३ ०५:४० AM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको बताएका छन् । नाइमा मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले मोबिलिटी क्षेत्रलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नभई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने बताएका हुन् । उनका अनुसार नेपालको कुल गार्हस्थ