काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विद्युतीय सवारी साधन (ईभी) क्षेत्रमा लगानी सुरक्षाका लागि कम्तीमा ५ देखि १० वर्षसम्म स्थिर रहने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आज (मंगलबार) काठमाडौंमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सरकार तथा कर्मचारी परिवर्तनसँगै नीति परिवर्तन हुँदा व्यवसायीहरू