एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युतको लगानी जुट्यो

  • मङगलबार २६ साउन २०८३ ०४:३६ AM
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । मनाङमा निर्माण भइरहेको दुध खोला जलविद्युत आयोजना दुध खोला हाइड्रो पावर कम्पनीले प्रवर्द्धन गरेको जलविद्युत आयोजना हो । दुध खोला हाइड्रो पावर कम्पनी प्रालिको प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल तथा सीताराम तिमिल्सिनाको समूह रहेको छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंकको रुपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सहअगुवा बैंकको रुपमा रहेको छ । ६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ ... The post एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युतको लगानी जुट्यो appeared first on Kalika Khabar.