कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु, प्रमुख सहर 'रेड अलर्ट'मा

  • मङगलबार २६ साउन २०८३ ११:०१ AM
काठमाडौं : कोलम्बियामा विनाशकारी भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। कोलम्बियाली भूगर्भ सेवाका अनुसार स्थानीय समय अनुसार बिहान ७:३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। ५७० जनाभन्दा बढी घाइते भएका छन्, भने देशका विभिन्न भागमा भवनहरू भत्किएर सयौँ मानिस पुरिएको आशंका गरिएको छ। विपद्को गम्भीरतालाई ध्यानमा राख्दै सरकारले देशभर 'आपत्कालीन अवस्था' घोषणा गरेको छ। देशका पाँच वटा प्रमुख सहरहरूलाई 'रेड अलर्ट'मा राखिएको छभूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे